Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा

चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा


  • 316
    Shares

    चलचित्र ‘कहाँ गयौ तिमी’  निर्माणको घोषणा

    काठमाडौं । चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको हो ।

    फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा बन्नेछ । टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत दिन्छ ।
     
    टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ । जीवन आचार्यको कथा रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ ।

    फिरोजले ‘दर्पण छाया-२’ मा अभिनय गरेका थिए । फिरोज गायक पनि हुन् । उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् । ‘कहाँ गयौ तिमी’ मा को को कलाकार रहनेछन् त्यो भने निर्माण पक्षले खुलाएको छैन । 

     

     

     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १४:३३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij