Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बैशाख २६ गतेदेखि विक्रीमा

एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बैशाख २६ गतेदेखि विक्रीमा


  • 4.7K
    Shares

    एशियन लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बैशाख २६ गतेदेखि विक्रीमा
    images

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक शेयर विक्रीमा आउने भएको छ । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २६ गतेदेखि जेठ ९ गतेसम्मका लागि लिलामीमा आउने भएको हो ।

    यो शेयरको मूल्य प्रतिकित्ता रू ६९८ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा योग्य जो कोहि व्यक्ति तथा संगठित संस्थाहरुले विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

    बोलकबोल गर्दा न्यूनतम एक हजारकित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ १० गते अपरान्ह ३ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जानकारी पनि कम्पनीले गराएको छ ।
     

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १५:५२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij