Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बैंकिङ प्रणालीबाट एकैपटक ६० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट एकैपटक ६० अर्ब खिच्दै राष्ट्र बैंक


  • 918
    Shares

    बैंकिङ प्रणालीबाट  एकैपटक  ६० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज पनि थप ६० अर्ब रुपैयाँ तान्ने भएको छ। 

    केन्द्रीय बैंकले आज भदौ १ गते फेरि बैंकिङ प्रणालीबाट उक्त रकम तान्ने भएको हो। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको छ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

    यो ३१ दिने निक्षेप संकलन उपकरणको असोज १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ।

    पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।
     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - ११:५७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij