Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

कुवेतमा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु, मृतकको संख्या ११ पुग्यो

कुवेतमा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु, मृतकको संख्या ११ पुग्यो


  • 953
    Shares

    कुवेतमा विषाक्त मदिरा सेवनबाट थप दुई नेपालीको मृत्यु,  मृतकको संख्या ११ पुग्यो
    images

    कुवेतमा विषाक्त मदिरा सेवनका कारण थप दुईजना नेपालीको मृत्यु भएको छ । यससँगै पछिल्लो चार दिनमा मृत्यु हुने नेपाली कामदारको संख्या ११ पुगेको छ । मंगलबार मदिरा सेवनबाट बिरामी परेकामध्ये ४० नेपाली अझै उपचाररत छन् । तीमध्ये १५ जना आइसियूमा छन् ।

    कुवेतस्थित नेपाली राजदूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यले थप दुईजना नेपालीको मृत्यु भएको जानकारी आएको र मृतकका परिवारसँग सम्पर्क भइरहेको बताए । ‘मृतकको मेडिकल रिपोर्ट आउने क्रममा छ, कतिपयको प्राप्त भएको छ । प्राप्त भएजतिको मेडिकल रिपोर्टका आधारमा परिवारसँग सम्पर्क गरिरहेका छौँ । कतिपय परिवार आफैँले पनि सम्पर्क गर्नुभएको छ,’ आचार्यले कुवेतबाट टेलिफोनमा भने ।

    आचार्यले कुवेतका विभिन्न अस्पतालमा उपचाररत ४० मध्ये १५ जनाको आइसियूमा उपचार भइरहेको बताए । ‘नेपालीहरू अस्पतालमा जाने र डिस्चार्ज हुने क्रम जारी नै छ । हाल अस्पतालमा ४० जना उपचाररत हुनुहुन्छ भन्ने जानकारी प्राप्त गरेका छौँ,’ आचार्यले भने ।

    यसअघि कुवेतको स्वास्थ्य मन्त्रालयले मदिरा सेवनबाट एसियाली मूलका कम्तीमा २३ जनाको मृत्यु भएको र १६० जना अस्पतालमा भर्ना भएको सार्वजनिक गरेको थियो । कतिपयको किड्नीमा गम्भीर समस्या देखिएको छ । अति प्रज्वलनशील मेथानोल मिसिएको मदिरा सेवनबाट नेपालीको मृत्यु भएको कुवेतका सरकारी अधिकारीले नेपाली राजदूतावासलाई जानकारी दिएका छन् ।

    कुवेतमा मदिरा प्रतिबन्धित छ । मदिरा बेच्ने र सेवन गर्ने दुवैमाथि कानुनी कारबाही हुँदै आएको छ । नेपाली राजदूतावासले मदिरा सेवन नगर्न नेपाली कामदारका नाममा सूचना जारी गर्दै आएको छ । कुवेतमा एक लाख ६० हजारभन्दा बढी नेपाली छन् । 

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - ०७:५९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij