२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय, बुटवललाई एउटा प्रिन्टर हस्तान्तरण गरेको छ।
बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना लाई प्रिन्टर हस्तान्तरण गरेका थिए ।
प्रहरी नायब उपरीक्षक रानाले उक्त प्रिन्टर प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सहायता शाखामा प्रयोग गरिने जानकारी दिए । यसबाट सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बैंकका सञ्चालक तुलाचनले समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई बैंकले निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij