२०८२ माघ ७ गते बुधवार
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो विवरणले कम्पनीको ५ अर्ब १९ करोड शेयर पूँजी भएको यो कम्पनीले समीक्षा अवधिमा ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो। यो वर्ष नाफा ४७.२५ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीको जीवन बीमा कोष गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३६.४५ प्रतिशतले वृद्धि भई १३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो कोष ९ अर्ब ९४ करोड थियो।
कम्पनीले ५ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको ४ अर्ब २१ करोडको तुलनामा २८.२३ प्रतिशतले बढी हो। त्यस्तै, खुद बीमा शुल्क आर्जन ३१.८२ प्रतिशतले वृद्धि भई ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ८१ करोड थियो।
पुनर्बीमा मार्फत कम्पनीले ३६ करोड ७४ लाख रुपैयाँ खर्च गरेको छ, जुन अघिल्लो वर्षको ३९ करोड ३५ लाखको तुलनामा केही कम हो। कमिशनमा ५३ करोड ६२ लाख रुपैयाँ खर्च भएको छ, जुन अघिल्लो वर्षको ४८ करोड ६९ लाखको तुलनामा बढी हो।
कम्पनीले महाविपत्ती कोषमा २२ करोड २२ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी १०.९७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४७.४७ रुपैयाँ रहेको छ, जसले कम्पनीको वित्तीय स्वास्थ्यलाई थप बलियो बनाउँछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij