२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
३ अर्ब ३९ करोड शेयर पूँजी भएको कम्पनीले गतआर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४.५७ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको जीवन बीमाकोष १०.५२ प्रतिशतले वृद्धि भई ४७ अर्ब ७ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४२ अर्ब ५८ करोडको तुलनामा उल्लेखनीय प्रगति हो। गत आर्थिक वर्षमा ९ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ, जुन अघिल्लो वर्षको ८ अर्ब ५ करोडको तुलनामा १६.८६ प्रतिशतले बढी हो।
कम्पनीले खुद बीमा शुल्क आर्जनमा पनि १७.२४ प्रतिशतको वृद्धि हासिल गरेको छ। गत आर्थिक वर्षमा ९ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन भएको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ८४ करोडको तुलनामा उल्लेखनीय सुधार हो। यस्तो प्रगतिले कम्पनीको बीमा व्यवसायको विस्तार र प्रभावकारितालाई उजागर गर्दछ।
कम्पनीको महाविपत्तीकोषमा २७ करोड ९६ लाख रुपैयाँ र रिटेण्ड अर्निङ्गमा ८० करोड ५६ लाख रुपैयाँ रहेको छ । जसले कम्पनीको बलियो वित्तीय आधार र जोखिम व्यवस्थापन क्षमतालाई देखाउँछ। यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २० करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ ।
एशियन लाइफले बीमा पोलिसी धितोमा राखी ५ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको ४ अर्ब ९१ करोडको तुलनामा ४.४४ प्रतिशतले वृद्धि हो। कम्पनीको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३५.०५ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij