२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले यो अवधिमा वितरणयोग्य मुनाफा ७.५ गुणाले वृद्धि गरी १ अर्ब ४६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०\८१ मा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ४७ लाख थियो।
बैंकले कुल मुनाफा ३० प्रतिशतले वृद्धि गरेको छ भने असार मसान्तसम्ममा बैंकले १ अर्ब ५३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब १७ करोड रुपैयाँको तुलनामा उल्लेखनीय सुधार हो।
यस अवधिमा बैंकले निक्षेप संकलन ६.९९ प्रतिशतले वृद्धि गरी १ खर्ब १७ अर्ब रुपैयाँ पु¥याएको छ। त्यस्तै, कर्जा विस्तार ६.१० प्रतिशतले बढेर ९७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४७ करोड रुपैयाँ जम्मा भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij