Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ६४.४३५ प्रतिशतले वृद्धि, वितरणयोग्य नाफा कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ६४.४३५ प्रतिशतले वृद्धि, वितरणयोग्य नाफा कति ?


  • 582
    Shares

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ६४.४३५ प्रतिशतले वृद्धि,  वितरणयोग्य नाफा कति ?
    images

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    बैंकको खुद नाफा ६४.४३ प्रतिशतले बढेर ६ अर्ब ७५ करोड ६६ लाख ४९ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब १० करोड ८८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकको खुद ब्याज आम्दानी ६.५४ प्रतिशतले घटेर १४ अर्ब १२ करोड ८१ लाख ६७ हजार रुपैयाँमा झरेको छ।  खुद शुल्क तथा कमिसन आम्दानी २३.९१ प्रतिशतले बढेर २ अर्ब २० करोड ३२ लाख ३८ हजार रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी भने ०.७३ प्रतिशतले घटेर १७ अर्ब ६४ करोड १९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ।

    बैंकको सञ्चालन नाफा ५८.६६ प्रतिशतले बढेर १० अर्ब १४ करोड २७ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा ४९ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ, जसले बैंकको लाभांश वितरण क्षमता १.३३ प्रतिशत कायम गरेको छ। 

    बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ७४.४४ प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्ष ७९.२२ प्रतिशत थियो। नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १२.०४ रुपैयाँबाट बढेर १९.८० रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २३१.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.६७ गुणा रहेको छ। 

    बैंकको निक्षेप १७ प्रतिशतले बढेर ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, कर्जा लगानी १८ प्रतिशतले बढेर ३ खर्ब २६ अर्ब ९३ करोड २२ लाख ९७ हजार रुपैयाँ पुगेको छ। 

    बैंकको खराब कर्जा अनुपात भने अघिल्लो वर्षको ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ।

    बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३२ अर्ब ७४ करोड १२ लाख २४ हजार रुपैयाँ संचित  रहेको छ।

     

    प्रकाशित मिति :श्रावण ३० २०८२ शुक्रवार - ११:२३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij