२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । यम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’को छायाङ्कन सकिएको छ । एक गीतको छायाङ्कन बाँकी राख्दै निर्माण युनिटले फिल्मको छायाङ्कन सकाएको हो ।
३५ दिनको नियमित छायाङ्कन भएको फिल्म काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङ खिचिएको छ । अहिले मौसम ठिक नभएकोले अनुकूल समय मिलाएर बाँकी गतिको छायाङ्कन गर्ने निर्देशक शेर्पाले बताएका छन् ।
आगामी माघ १ गतेलाई रिलिज मिति तोकिएको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु , माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा र बाल-कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ ।
आलोक शुक्लाको छायाङ्कन रहेको फिल्मका निमु शेर्पा, छोङ्बा लामा शेर्पा, आङ्छिरिङ शेर्पा निर्माता, गोविन्द बोहरा, सुदिप कुँवर सह निर्माता हुन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मस्का वितरक रोहित कट्टेल हुन् । फिल्मको वितरण आरआर फिल्मले गर्दैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij