Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक


  • 1.3K
    Shares

    नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक
    images

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको छ । संस्थाले गत आर्थिक वर्षको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा शतप्रतिशत भन्दा बढी रहेको छ । 

    संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुबैमा उल्लेख्य सुधार देखिदा नाफामा वृद्धिमा टेवा पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी ४४.६० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी २१.६३ प्रतिशतले बढेर २३ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्ष संस्थाको निक्षेप संकलन २३.२३ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २४ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खराब कर्जा अनुपात ४.११ प्रतिशत पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा संस्थाको एनपीएल ३.६९ प्रतिशत रहेको थियो ।

    संस्थाको रिटेन्ड अर्निङ ४४ करोड १ लाख ८३ हजार, रिर्जभ फण्डमा १ अर्ब ४९ करोड ६ लाख रुपैयाँ रहेको छ । साथै संस्थाको इपीएस १८.३९ रुपैयाँ बढेर ३५.६० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.३३ गुणा र तरलता अनुपात २०.३० प्रतिशत रहेको छ ।

    संस्थाको चुक्तापूँजी १ अर्ब ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । सिडि रेसियो ३८९.२८ प्रतिशत र बेस रेट ११.३२ प्रतिशत रहेको छ ।  वितरणयोग्य मुनाफा ४४ करोड १ लाख ८३ हजार रुपैयाँ रहेको छ भने लाभांश क्षमता ३३.०५ प्रतिशत रहेको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १४:२०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij