Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल बैंकको १३१७५ प्रतिशतले बढ्यो नाफा, छैन लाभांश दिने क्षमता

नेपाल बैंकको १३१७५ प्रतिशतले बढ्यो नाफा, छैन लाभांश दिने क्षमता


  • 841
    Shares

    नेपाल बैंकको १३१७५ प्रतिशतले बढ्यो नाफा, छैन लाभांश दिने क्षमता
    images

    काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो वर्षको तुलनामा १३१७५.८९ प्रतिशतले बढेको छ।

    बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ। यो हिसाबले बैंकले समीक्षा वर्षका लागि लाभांश वितरण गर्न नसक्ने देखिएको छ।

    बैंकको सञ्चालन मुनाफा बढेर ५ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ६८ करोड ३४ लाख रुपैयाँ थियो। 

    हाल बैंकको चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ४४ करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ९६ करोड ५० लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा २१ अर्ब ९० करोड ६७ लाख रुपैयाँ थियो।

    गत आर्थिक वर्षमा बैंकले १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा बैंकले ३ खर्ब ३२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ खर्ब ४६ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २५.६८ रुपैयाँ कायम भएको छ।  पीई रेसियो ११.३५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ रहेको छ।

    बैंकको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ४.४७ प्रतिशत पुगेको छ भने अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.३३ प्रतिशत थियो।

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - ११:५६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij