Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

निजी विद्यालयले शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै गरे आन्दोलनको घोषणा

निजी विद्यालयले शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै गरे आन्दोलनको घोषणा


  • 540
    Shares

    निजी विद्यालयले शिक्षा विधेयकप्रति असन्तुष्ट  जनाउँदै  गरे आन्दोलनको घोषणा

    काठमाडौं । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्।

    निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एन प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा सबै तहका समितिलाई आन्दोलनको आवश्यक तयारी गर्न आग्रह गरिएको छ।

    घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आज पहिलो दिन देशैभरिका पालिका प्रमुख र शिक्षा शाखामा ज्ञापनपत्र बुझाइँदैछ।

    शुक्रबार जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापन पत्र बुझाउने, आगामी भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइने कार्यक्रम उनीहरुले घोषणा गरेका छन्। 

    त्यसैगरि भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापन पत्र बुझाउने र सुझाव संकलनका लिग राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय प्याब्सन–एनप्याब्सले गरेका छन्।

    भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र भदौ ६९७ गते केन्द्र र प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने घोषणा उनीहरूको छ।

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १०:५७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij