Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ८० करोड २५ लाख, वितरणयोग्य मुनाफा कति?

नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ८० करोड २५ लाख, वितरणयोग्य मुनाफा कति?


  • 750
    Shares

    नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ८० करोड २५ लाख, वितरणयोग्य मुनाफा कति?
    images

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशतले घटेको छ।

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ९९ करोड रुपैयाँको तुलनामा १९ करोड ७५ लाख रुपैयाँ कम हो। बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ७.५५ प्रतिशतले बढे पनि इम्पेरमेन्ट चार्जमा भएको उल्लेख्य वृद्धिका कारण नाफामा कमी आएको हो।

    समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यसले सञ्चालन मुनाफा ३.६२ प्रतिशतले घट्न पुगेको छ। यद्यपि, बैंकको कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशतले बढेको छ।

    बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि १ रुपैयाँ ८१ पैसाले घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ। त्यस्तै, वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ११ रुपैयाँ २९ पैसा छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) २६.६० गुणा रहेको छ।

    १० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको नेपाल एसबिआई बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    नेपाल एसबिआई बैंकले वित्तीय स्थिरता कायम राख्दै आगामी दिनमा इम्पेरमेन्ट चार्ज नियन्त्रण र आम्दानी वृद्धिमा जोड दिने रणनीति अपनाउनुपर्ने देखिन्छ।

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १०:४७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij