Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशत बढ्यो, लाभांश क्षमता १२.३४ प्रतिशत

लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशत बढ्यो, लाभांश क्षमता १२.३४ प्रतिशत


  • 1.3K
    Shares

    • images
    लक्ष्मी सनराइज बैंकको नाफा ४० प्रतिशत बढ्यो,  लाभांश क्षमता १२.३४ प्रतिशत

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    बैंकको सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक तुलनामा ४०.९७ प्रतिशतले बढेको छ।

    बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ भने यो हिसाबले बैंकले १२.३४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष लाभांश क्षमता ५.३६ प्रतिशत रहेको थियो।

    बैंकको सञ्चालन मुनाफा ६ अर्ब ९ करोड ८९ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब ४० करोड २० लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ३८.५५ प्रतिशतले बढेको छ।

    बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ३ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    गत आर्थिक वर्षमा बैंकले ११ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १२ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। 

    बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.२५ प्रतिशत कायम भएको छ भने अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.६३ प्रतिशत थियो। 

    चुक्तापुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ३ अर्ब ५३ लाख रुपैयाँ र रिजर्भमा १८ अर्ब ८ करोड ७१ लाख रुपैयाँ रहेको छ। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६.९१ रुपैयाँ कायम भएको छ। । पीई रेसियो १४.१२ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १८६.६३ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :श्रावण २९ २०८२ बिहिवार - १०:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij