Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकिङ प्रणालीबाट आज २५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज २५ अर्ब खिच्दै राष्ट्र बैंक


  • 582
    Shares

    बैंकिङ प्रणालीबाट आज २५ अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट २५ अर्ब रूपैयाँ तान्ने भएको छ ।

    केन्द्रीय बैंकले आज साउन २८ गते फेरि बैंकिङ प्रणालीबाट उक्त रकम तान्ने भएको हो। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नु पर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

    यो २५ दिने निक्षेप संकलन उपकरणको भदौ २२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । 

    पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।


    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १३:००:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij