Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

प्रभु बैंकको ९६५ प्रतिशतले नाफा बढ्यो, कति दिनेछ लाभांश ?

प्रभु बैंकको ९६५ प्रतिशतले नाफा बढ्यो, कति दिनेछ लाभांश ?


  • 1.1K
    Shares

    प्रभु बैंकको ९६५ प्रतिशतले नाफा बढ्यो,  कति दिनेछ लाभांश ?
    images

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ९६५.४१ प्रतिशतले बढेको छ।

    बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको छ भने बैंकले ४.४४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

    बैंकको सञ्चालन मुनाफा बढेर ६ अर्ब ८ करोड २७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब १५ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ९९.४५ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।  ब्याज आम्दानी भने ३९.४७ प्रतिशतले घटेको छ।

    चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ र रिजर्भमा १३ अर्ब ५५ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३ अर्ब २ करोड ५५ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा १२ अर्ब १२ करोड २७ लाख रुपैयाँ थियो।

    बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २३.१२ रुपैयाँ कायम भएको छ। पीई रेसियो ९.६० गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ।

    बैंकको खराब कर्जा अनुपात (एनपीएल) सामान्य बढेर ४.९६ प्रतिशत पुगेको छ। 

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - ११:२०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij