Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश क्षमता १४ प्रतिशत माथि

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश क्षमता १४ प्रतिशत माथि


  • 792
    Shares

    ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड,  लाभांश क्षमता १४ प्रतिशत माथि
    images

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ। 

    बैंकले नाफा अघिल्लो वर्षको तुलनामा १.१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ रहेको छ भने बैंकले १४.११ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष बैंकको लाभांश क्षमता १.४० प्रतिशत थियो।

    बैंकको सञ्चालन मुनाफा ८ अर्ब ७७ करोड ५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ९ अर्ब १ करोड ८९ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा २.७५ प्रतिशतले घटेको छ।

    हाल बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको  छ । रेटिन्ड अर्निङमा ५ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ र रिजर्भमा २४ अर्ब २१ करोड ३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५० करोड ६७ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा २४ अर्ब ७७ करोड १६ लाख रुपैयाँ थियो।

    बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने अघिल्लो वर्ष बैंकले ४ खर्ब ८७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६९ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.१७ प्रतिशत  रहेको थियो।

    बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १६.२८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.९९ रुपैयाँ थियो भने पीई रेसियो १५.९५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :श्रावण २८ २०८२ बुधवार - १०:५६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij