२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा ४६.२२ प्रतिशतले बढेको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ रहेको छ। बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।
बैंकको सञ्चालन मुनाफा बढेर ५ अर्ब ३५ करोड २ लाख रुपैयाँ भएको छ भने अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब २५ करोड ३० लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि ६४.४६ प्रतिशतले बढेको छ।
चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ र रिजर्भमा १२ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ रहेको छ।
बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात ९एनपीएल० बढेर १.३७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल १.३५ प्रतिशत थियो।
बैंकले ८ अर्ब २ करोड ८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब २१ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ११.१४ प्रतिशतले बढेको छ।
बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १७.८७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.२२ रुपैयाँ थियो। पीई रेसियो १५.१० गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १७६.८१ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij