२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले ७ अर्ब भन्दा धेरै नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले सो आर्थिक वर्षमा ७ अर्ब १२ करोड नाफा कमाएको हो । समीक्षा अवधिको बैंकको नाफा गत वर्षको भन्दा १५.०१ प्रतिशत बढेको छ।
बैंकको व्यवसायबाट प्राप्त आम्दानी सामान्य मात्रै बढे पनि इम्पेरमेन्ट चार्जमा छुट्टाउनुपर्ने रकम घटेका कारण खुद नाफा बढेको देखिएको छ ।
बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड बराबर गरेको छ। कमिसन तथा शुल्कतर्फको आम्दानी ३ अर्ब ४१ करोड गरेको बैंकले सञ्चालन तथा कर्मचारी खर्चमा झण्डै ७ अर्ब रुपैयाँ खर्चेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ३९ करोड रुपैयाँ छुट्याएको छ भने गत वर्ष यो शीर्षकमा ४ अर्ब ६२ करोड छुट्टाइएको थियो ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ गरेको छ।
बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ जुन प्रतिशेयर आम्दानी १७।६४ रुपैयाँ बराबर हो। बैंकको प्रतिशेयर आम्दानी २६.३४ रुपैयाँ पुगेको छ।
बैंकको निष्क्रिय कर्जा ४.२७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो दर ४.४५ प्रतिशत रहेको थियो । बैंकको पुँजीकोष अनुपात ११.९४ प्रतिशत, कस्ट अफ फण्ड ४.४१ प्रतिशत, बेसरेट ५.८३ प्रतिशत र ब्याजको स्प्रेडदर ३.५७ प्रतिशत रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij