Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सानिमा बैंकको नाफा साढे २ अर्ब माथि, झन्डै दोब्बरले बढ्यो लाभांश क्षमता

सानिमा बैंकको नाफा साढे २ अर्ब माथि, झन्डै दोब्बरले बढ्यो लाभांश क्षमता


  • 645
    Shares

    सानिमा बैंकको नाफा साढे २ अर्ब माथि, झन्डै दोब्बरले बढ्यो लाभांश क्षमता

    काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ७.२५ प्रतिशतले बढेको छ।

    बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ रहेको छ। बैंकले २०.४७ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ। 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी २.८२ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ र रिजर्भमा ६ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ रहेको छ। 

    बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ५७ करोड ४१ लाख रुपैयाँमा भएको छ भने अघिल्लो वर्ष सञ्चालन मुनाफा ३ अर्ब ४७ करोड ८ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि २.९७ प्रतिशतले बढेको छ।

    बैंकले २ खर्ब २३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।  बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२१ प्रतिशतमा पुगेको छ।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १८.९३ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १९.८० गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १६:१५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij