Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एभरेष्ट बैंकको नाफा ४.९१ अर्ब, लाभांश क्षमता ३८% माथि

एभरेष्ट बैंकको नाफा ४.९१ अर्ब, लाभांश क्षमता ३८% माथि


  • 582
    Shares

    एभरेष्ट बैंकको नाफा ४.९१ अर्ब, लाभांश क्षमता ३८% माथि

    काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले ३८ रुपैयाँसम्म लाभांश बाँड्न सक्ने भएको छ । 

    बैंकले आर्थिक वर्षमा गरेको कारोबारमा आधारित वित्तीय विवरणमा वितरणयोग्य नाफा ३८.२७ रुपैयाँ बराबर देखिएको हो । हाल बैंकसँग १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ भने बैंकले यो वर्ष ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको लाभांश बाँड्न सक्ने देखाएको छ । 

    बैंकले यो वर्ष ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । तर, नियामकीय समायोजनको रकम रिभर्सलमा रहेका कारण बैंकको वितरणयोग्य नाफामा वृद्धि भएको हो । बैंकले अघिल्लो वर्ष ३ अर्ब ७० करोड नाफा कमाएको थियो । यो वर्ष बैंकको नाफामा ३२.७१ प्रतिशतको वृद्धि देखिएको हो । 

    बैंकले यो वर्ष सबै प्रकारका आम्दानी बढाएको छ भने निष्क्रिय कर्जाको हिस्सा घटाएको छ । बैंकमा १३ अर्ब ८८ करोड रुपैयाँ बराबरको रिजर्भ फन्ड रहेको छ । यस अनुसार बैंकको नेटवर्थ प्रतिशेयर २४७.३९ रुपैयाँ रहेको देखिन्छ । 

    बैंकसँग १३.२८ प्रतिशतको पुँजीकोष, ०.३८ प्रतिशत बराबरको निष्क्रिय कर्जा अनुपात, ५.३६ प्रतिशत बराबरको आधार दर र १६.४४ प्रतिशत रिटर्न अन इक्विटी रहेको छ ।

    कर्मचारी तथा सञ्चालन खर्चमा पनि सामान्य वृद्धि भएको देखिन्छ । बैंकले २ अर्ब ९८ करोड बचत संकलन गरी २ अर्ब १३ करोड कर्जा प्रवाह गरेको छ । 

     

    प्रकाशित मिति :श्रावण २६ २०८२ सोमवार - १०:५६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij