२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज हुने भएको छ।
आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता गरिएको हो।
सम्झौता वार्षिक २.३६ करोड रुपैयाँको भएको छ। यो सम्झौता तीन वर्षका लागि गरिएको हो। जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। जसमा विभिन्न कम्पनीले टेन्डरमा भाग लिँदा नासालाई परेको हो।
नेपाली टोली टी-२० विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया प्रस्थान गर्नु अघि जर्सी प्रायोजन सार्वजनिक गरिएको हो। नेपालले अस्ट्रेलियाको डार्विनमा टप एन्ड टी-२० सिरिज खेल्दैछ।
उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ। ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएको छ। आगामी अगस्ट १४ देखि २४ सम्म हुनेछ। १६ सदस्यीय नेपाली टोलीमा पुरानै अनुहारको बाहुल्यता छ।
नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij