२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा लघुवित्तले २३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १२१.९१ प्रतिशतले धेरै हो ।
लघुवित्तले अघिल्लो आर्थिक वर्षमा १० कराड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७० करोड ४४ लाख रुपैयाँबाट बढेर ८४ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको सञ्चालन नाफा अघिल्लो वर्ष १८ करोड ३८ लाख रुपैयाँ रहेकोमा गत वर्ष ८३.८५ प्रतिशतले बढेर ३३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यससँगै कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० पनि १७.१६ रुपैयाँबाट दोब्बरभन्दा धेरैले बढेर ३८.११ रुपैयाँ कायम भएको छ ।
लघुवित्तको प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ छ । वितरणयोग्य नाफा ९लाभांश क्षमता० १७ करोड १७ लाख रुपैयाँ रहेको छ ।
६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij