Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कृषि विकास बैंकको नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता कति ?

कृषि विकास बैंकको नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता कति ?


  • 610
    Shares

    कृषि विकास बैंकको नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता कति ?

    काठमाडौं ।  कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । 

    नोक्सानी व्यवस्थापनवापत छुट्याइने रकम (इम्पेरिमेन्ट चार्ज) घटेसँगै नाफामा उच्च वृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४५ करोड रहेकोमा गत आर्थिक वर्ष १० करोड ६२ लाख रुपैयाँ छ ।

    खुद ब्याज आम्दानी सामान्य घटेको छ भने यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५५ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ८२ करोड छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा छ । यस्तो आम्दानी अघिल्लो वर्षको तुलनामा ९ रुपैयाँ बढेको हो ।

    गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १५.५८ रुपैयाँ हो । बैंकले निष्क्रिय कर्जा घटाउन सफल भएको छ ।

    यस्तो निष्क्रिय कर्जा पहिले ३.९१ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म ३.२६ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा बैंकको आधार दर ८.०९ प्रतिशतबाट झरेर ५.८७ मा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ छ । हाल बजार मूल्य प्रतिकित्ता ३२८ रुपैयाँ छ ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १०:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij