२०८२ भाद्र ५ गते बिहिवार
कुमारी बैंक लिमिटेड र काठमाडौंको लाजिम्पाटस्थित एक प्रसिद्ध ५ तारे होटेल, होटेल सांग्रिला प्राइभेट लिमिटेडबीच
आफ्ना ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य पश्चात्कुमारी बैंकका ग्राहकवर्गले सोही होटेल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।
जिन्दगीको निरन्तर यात्रामा थकित तन र मनलाई गतिशील राख्न एवं मानसिक सचेतना तथा उर्जा पूणर्जागरणका
लागी विश्राम तथा मनोरञ्जन अत्यावश्यक रहेको र सहरिया जीवनको व्यस्तताबाट राहतको लागि सो होटेलकोबसाई लाभदायक बन्न सक्ने बैंकको विचार रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत होटेल सांग्रिलाका विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।
सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख श्री नवीन मुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स
तथा मार्केटिङ्ग निर्देशक श्री सांगे तेञ्जिङ्ग लामाज्यूले हस्ताक्षर गर्नुभयो। बैंककोप्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो ।
कुमारी बैंकलेआफ्ना देशव्यापी १८५ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदैआएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij