Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि लघुवित्तको खुद आम्दानी ६१ प्रतिशत, ६ करोड माथिको नाफा

एनएमबि लघुवित्तको खुद आम्दानी ६१ प्रतिशत, ६ करोड माथिको नाफा


  • 701
    Shares

    एनएमबि लघुवित्तको खुद आम्दानी ६१ प्रतिशत,  ६ करोड माथिको  नाफा

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१\८२ का चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  गत आर्थिक वर्षमा संस्थाले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

    सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष ५ करोड २९ लाख रुपैयाँ नोक्सानीमा रहेको यस लघुवित्त, गत आर्थिक वर्ष नाफामा पुगेको हो।

    समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६१.८३ प्रतिशत बढेर ४३ करोड ५५ लाख रूपैयाँ पुगेको छ ।

    अघिल्लो आर्थिक वर्ष ५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, गत आर्थिक वर्ष ६ करोड ८८ लाख रुपैयाँ धनात्मक भएको छ।

    संस्थाको खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशत बढेर ५ करोड ८८ लाख र कुल सञ्चालन आम्दानी ५९.२२ प्रतिशत बढेर ४९ करोड ४३ लाख पुगेको छ।

    संस्थाको नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेर ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ।

    ७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    अघिल्लो आर्थिक वर्ष ५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा, गत आर्थिक वर्ष ६ करोड ८८ लाख रुपैयाँ धनात्मक भएको छ।

     

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - ११:३६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij