२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन र ढुवानीका साधन आयात, एलसी भुक्तानी र धरौटीसम्बन्धी प्रक्रियामा सुधार गर्दै एकीकृत परिपत्र २०८१ मा संशोधन गरेको छ ।
निर्यातकलाई अग्रिम भुक्तानी प्रमाणपत्र जारी गर्ने व्यवस्था लागू गरिएको छ, जसले गर्दा निर्यातकहरूलाई रकम भुक्तानी गर्दा पूर्व प्रक्रिया पुरा गर्न सकिनेछ ।
परिपत्रले विदेशी नागरिकको पारिश्रमिक सटही व्यवस्थालाई पनि सुधार गरेको छ । अब नेपालमा काम गर्ने विदेशी नागरिकहरूको पारिश्रमिक कर कट्टीपश्चात विदेशी मुद्रा वा भारतीय रुपैयाँमा पठाउन सकिने छ।
सार्वजनिक खरिदसम्बन्धी कानुनमा पनि संशोधन गर्दै भारतबाट आयातित वस्तुहरूका लागि विदेशी मुद्रा सटही सुविधा प्रदान गर्न सकिनेछ । राष्ट्र बैंकले परिपत्र जारी गर्दै कुटनीतिक निकाय र विदेशी संस्थाहरूलाई भिसा शुल्क पठाउन पनि व्यवस्था गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij