Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिद्धार्थ बैंकले कमायो झन्डै साढे तीन अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

सिद्धार्थ बैंकले कमायो झन्डै साढे तीन अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?


  • 813
    Shares

    सिद्धार्थ बैंकले कमायो झन्डै साढे तीन अर्ब नाफा, प्रतिसेयर आम्दानी  कति ?

    काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले एकै वर्ष बैंकले झन्डै साढे ३ अर्ब नाफा कमाएको छ ।

    गत आवमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा भने १०.२३ प्रतिशत बढी हो । 

     बैंकको खुद ब्याज आम्दानी पनि ६.४३ प्रतिशत बढेर ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ पुगेको छ भने संचालन नाफा ४ अर्ब ४८ करोड ४४ लाख ९९ हजार रुपैयाँबाट बढेर ५ अर्ब २ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।

    हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९लाख ८० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १५ अर्ब ४ करोड १३ लाख रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा २.६२ प्रतिशत छ ।

    गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशत वृद्धि भएको छ । योसँगै बैंकको कुल निक्षेप संकलन २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यता, कर्जा प्रवाह पनि ९.७६ प्रतिशत बढेर २ खर्ब १४ अर्ब रुपैयाँ कायम भएको छ ।

    गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ रहेको छ । बैंकले वितरणयोग्य मुनाफा ३.२० गुणा बढेको हो । यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई १३.२२ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ ।

    बैंकको प्रतिसेयर आम्दानी २४.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ  रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १०:२१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij