२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । संसद्को शिक्षा समितिमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको छ । समिति परामर्श तथा समन्वय उपसमितिले गरेको सहमतिलाई शिक्षा समितिले पारित गरेको हो ।
जसअनुसार, आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनबाट बढुवा गर्ने सहमति भएको छ ।
यसअघि, उपसमितिको प्रतिवेदनमा शिक्षकको बढुवाका लागि आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij