Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मोरङमा थप ५ कोरोना संक्रमितको मृत्यु

मोरङमा थप ५ कोरोना संक्रमितको मृत्यु


  • 6.5K
    Shares

    मोरङमा  थप ५ कोरोना संक्रमितको मृत्यु

    मोरङ । मोरङमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा दुई महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेहरूमा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा चार र मोरङको बेलबारी नगरपालिकामा होम आइसोलेशनमा एक जना रहेका छन् । 

    मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१४ घर भएका ६२ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । निजलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार नोबेलको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

    इलामको इलाम नगरपालिका–४ घर भएकी २९ वर्षीया महिलाको सोही अस्पतालमा उपचारका क्रममा आज  मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही वैशाख १३ गते उपचारका लागि भर्ना गरिएको  थियो । निजलाई निमोनियाको पुरानै समस्या रहेको अस्पतालले जनाएको छ । 

    यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–८ का ७७ वर्षीया वृद्धा महिलाको पनि नोबेलमै उपचारका क्रममा आज  मृत्यु भएको छ । मृतकलाई कोरोना देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना थियो र दमको पुरोना समस्या रहेका अस्पतालले जनाएको छ ।

    प्रदेश नं २ को सप्तरी हनुमान नगर–कङ्कालनी–२ का ३५ वर्षीय पुरुषको सोही अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ । कोरोना पुष्टी भएपछि उपचारका लागि यही वैशाख १७ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक दाहालले बताउनुभयो ।

    बेलबारी नगरपालिका–२ का ६६ वर्षीय पुरुषको होम आइसोलेशनमा आज मृत्यु भएको छ । निजलाई यही वैशाख १६ गते पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेका थिए ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १६:५४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij