Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

समता घरेलु लघुवित्तले बढायो नाफा, अन्य सूचकमा पनि उल्लेख्य प्रगति

समता घरेलु लघुवित्तले बढायो नाफा, अन्य सूचकमा पनि उल्लेख्य प्रगति


  • 820
    Shares

    समता घरेलु लघुवित्तले बढायो नाफा, अन्य सूचकमा पनि उल्लेख्य प्रगति

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले ८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा संस्थाको नाफा २४०.९१ प्रतिशतले बढेको छ।

    संस्थाको सञ्चालन मुनाफा १४ करोड ८५ रुपैयाँ भएको छ भने अघिल्लो वर्षको तुलनामा संस्थाको सञ्चालन मुनाफामा २३७.९४ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा संस्थाले ३३ करोड ७७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष संस्थाले १९ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ७३.७५ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी ६२ करोड ९० लाख रुपैयाँ रहेको संस्थाको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६ करोड ८६ लाख रुपैयाँ र १५ करोड ३८ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

    संस्थाले ३ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। वितरणयोग्य मुनाफा ६ करोड ८६ लाख रुपैयाँ रहेको छ। योसँगै संस्थाले १०.९१ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

    समीक्षा वर्षमा संस्थाको खराब कर्जा अनुपात घटेर ६.८७ प्रतिशत कायम भएको छ।  प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १३.५१ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ७० गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १३५.३७ रुपैयाँ रहेको छ।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - ११:४४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij