Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भिटामिन सप्लिमेन्ट आफुखुसी खान हुन्छ ?

भिटामिन सप्लिमेन्ट आफुखुसी खान हुन्छ ?


  • 1.2K
    Shares

    भिटामिन सप्लिमेन्ट आफुखुसी खान हुन्छ ?
    images

    काठमाडौं । अनगिन्ती ब्रान्डका नाममा सप्लिमेन्टहरू सिरप, ट्याब्लेट, एनर्जी बार, पेय पदार्थ वा पाउडरका बजारमा उपलब्ध छन् ।

    यी सप्लिमेन्टहरुले शरीरमा भिटामिन, मिनरल्स, क्याल्सियम, आइरन र प्रोटिन जस्ता पोषक तत्वहरूको कमीलाई पूरा गर्ने दाबी गरिन्छ । कतिपय औषधि वा भिटामिनको आफ्नै साइड(इफेक्ट हुने हुँदा फार्मेसीबाट किन्नुअघि एकपटक सोच्नैपर्छ ।

    भिटामिनको पनि निश्चित मात्रा हुन्छ। आवश्यकताभन्दा बढी सेवन गर्दा शरीरमा तिनीहरूको मात्रा असन्तुलित भई साइड(इफेक्ट देखिन थाल्छ। विशेषगरी फ्याट–घुलनशील भिटामिन ए, डी, ई र के शरीरमा सञ्चय भई धेरै समयसम्म निस्कँदैनन्। यसले शरीरमा विषाक्तता ल्याउन सक्छ।

    सप्लिमेन्ट पोषणको कमी भएका व्यक्तिका लागि बनाइएका हुन्छन्। तर अहिले स्वस्थ व्यक्तिले बिना आवश्यकता भिटामिन खाँदा शरीरको प्राकृतिक सन्तुलनमा असर पर्न सक्छ।

    मधुमेह, उच्च रक्तचाप, किड्नी, वा मुटु रोग भएका बिरामीले मनलाग्दी सप्लिमेन्ट लिँदा उनीहरूको स्थितिमा झन् समस्या आउन सक्छ।

    आजकल डाइटिङ गर्दा शरीरमा पोषक तत्वको कमी आउँछ भन्ने नबुझी सप्लिमेन्ट खाइन्छ। यसरी खानाले पोषण त पूरा हुँदैन, उल्टो स्वास्थ्य बिग्रन सक्छ। सप्लिमेन्टले प्राकृतिक खाना जत्तिको पोषण दिन सक्दैन।

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १०:४६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij