Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कुमारी बैंकको नाफामा आकर्षक सुधार, अन्य सुचक कस्ता छन् ?

कुमारी बैंकको नाफामा आकर्षक सुधार, अन्य सुचक कस्ता छन् ?


  • 680
    Shares

    कुमारी बैंकको नाफामा आकर्षक सुधार, अन्य सुचक कस्ता छन् ?

    काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा ४५८२९.०१ प्रतिशतले बढेको छ।

    बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ। यस हिसाबले बैंकले लाभांश वितरण गर्ने सम्भावना न्यून रहेको छ।

    बैंकको सञ्चालन मुनाफा बढेर ६ अर्ब १३ करोड ४४ रुपैयाँमा भएको छ भने अघिल्लो वर्ष सञ्चालन मुनाफा ९७ करोड ३९ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ५२९.८७ प्रतिशतले बढेको छ।

    चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ २ अर्ब ७९ करोड ४० लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा १३ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ रहेको छ। 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ८० करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ६.९५ प्रतिशतले घटेको छ।

    बैंकले ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब ९४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने ११ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १० अर्ब ८० करोड ३३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ६.९५ प्रतिशतले घटेको छ।

    समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपातबढेर ६.४२ प्रतिशतमा पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी बढेर ८.०७ रुपैयाँ कायम भएको छ। पीई रेसियो २७.२३ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४२.१९ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - ०९:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij