२०८२ भाद्र २ गते सोमवार
पोखरा । गण्डकी प्रदेशमा थप १३८ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप १३८ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका छन् । कास्कीको पोखरा महानगरपालिकाका मात्रै १३० जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जानकारी दिएको छ ।
यस्तै, तनहुँका ५ र म्याग्दी, पर्वत तथा स्याङ्जा जिल्लाका १–१ जनामा सक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।थपिएका संक्रमित समेत गरी हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ८५३ पुगेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
निर्देशक डा शर्माका अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा हालसम्म २३५ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij