Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री प्रदान

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री प्रदान


  • 883
    Shares

    एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री प्रदान

    काठमाडौं । एनएमबी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा १६ विटको सेल्फ-बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य विपद् उद्दार सामग्रीहरु नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । 

    आज काठमाडौंको रानीपोखरी स्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले नेपाल प्रहरीका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङलाई औपचारिक रुपमा हस्तान्तरण गरेका छन् । उक्त कार्यक्रममा हस्तान्तरण गरिएका सामग्रीहरूमा रबर बोट सहित लाइफ ज्याकेछहरु र अन्य आपतकालिन उपयोगी सामग्रीहरु समावेश छन् ।

    मनसुनको समयमा बाढी, डुबान तथा अन्य जलजन्य विपद् तथा आकस्मिक घटनाहरुको सम्भावना उच्च हुने भएकाले यस किसिमको सहयोगले प्रहरीको कार्यक्षमतामा सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १७८ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - ११:५९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij