Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

अमेरिकामा फेरि खस्यो विमान ४ जनाको मृत्यु

अमेरिकामा फेरि खस्यो विमान ४ जनाको मृत्यु


  • 1.5K
    Shares

    • images
    अमेरिकामा फेरि  खस्यो विमान ४ जनाको मृत्यु

    काठमाडौं । मंगलबार अमेरिकास्थित एरिजोनाको नाभाजो राष्ट्रको विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। 

    न्युयोर्क टाइम्सका अनुसार बिचक्राफ्ट ३०० नामक विमान चिन्ले म्युनिसिपल विमानस्थलमा बिरामी लिन अवतरण गरिरहेका बेला दुर्घटना भएको हो।

    विमान खसेपछि आगलागी भएको थियो। दुर्घटनामा विमानमा रहेका दुई पाइलट र दुई स्वास्थ्य सेवा प्रदायक गरी सबै चार जनाकै मृत्यु भएको हो। 

    नाभाजो राष्ट्र प्रहरी विभागका प्रवक्ता क्रिसी लार्गोका अनुसार विमान विमानस्थलको धावनमार्गबाट लगभग ३०० यार्ड टाढाबाट छुटेको थियो र स्थानीय समयअनुसार मंगलबार दिउँसो १२:४० बजे दुर्घटना भएको थियो। 

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १०:०२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij