२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनआईसी एसिया बैंक र फ्रन्टलाइन हस्पिटलबिच सम्झौता भएको छ । एनआईसी एसिया बैंकका ग्राहकहरूलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरूले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।
उक्त सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij