Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब माथि, ईपीएसमा उल्लेख्य सुधार

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब माथि, ईपीएसमा उल्लेख्य सुधार


  • 1.1K
    Shares

    माछापुच्छ्रे बैंकको नाफा २ अर्ब माथि, ईपीएसमा उल्लेख्य सुधार
    images

    काठमाडौं ।  माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढेको छ।

    बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड २९ लाख रुपैयाँ रहेको छ भने लाभांश वितरण गर्ने क्षमता ९.२३ प्रतिशत देखिएको छ।

    समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ३३ करोड २ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६६ करोड ५८ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ९९.९१ प्रतिशतले बढेको छ।

    बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः १ अर्ब ७ करोड २९ लाख रुपैयाँ र ६ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ। 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १५।४१ प्रतिशतले घटेको छ।

    बैंकले १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात ९एनपीएल० घटेर ३.८३ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.८६ प्रतिशत रहेको थियो।

    बैंकको प्रतिशेयर आम्दानी बढेर १७.३१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ८.९९ रुपैयाँमा सीमित थियो। पीई रेसियो १४.९९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६३.०८ रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ०९:२४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij