२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१\८२ को चौंथो त्रैमासिक वित्तीय विवरवण सार्वजनिक गरेको छ ।
कम्पनीको खुद नाफा २४८.२८ प्रतिशत बढेर २० करोड ९२ लाख ७७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा ६ करोड नाफा थियो ।
खुद ब्याज आम्दानी पनि ६७.४७ प्रतिशत बढेर ७३ करोड ८८ लाख रुपैयाँ कायम भएको छ भने संचालन नाफा पनि २५५.३६ प्रतिशत बढेर ३० करोड १६ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ४२ करोड ६१ लाख रुपैयाँ राखेको छ ।
प्रतिसेयर आम्दानी २८.५५ रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो आम्दानी ९.३७ रुपैयाँ रहेको थियो । प्रतिसेयर नेटवर्थ १७२.९० रुपैयाँ छ । कम्पनीले खराब कर्जा पनि घटेर ४.४८ प्रतिशत कायम भएको छ ।
खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफामा बढोत्तरी आएको छ। कम्पनीको वितरणयोग्य नाफा १६ करोड ३६ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । कम्पनीले यो वर्ष सेयरधनीलाई २२.३२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।
कम्पनीको निक्षेप संकलन ५.०८ प्रतिशत बढेर ९ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ कायम भएको छ । कर्जा प्रवाह ९.३५ प्रतिशत बढेर १० अर्ब ४४ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij