२०८२ माघ ७ गते बुधवार
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १०% छुट प्राप्त हुने भएको छ। अस्पतालले हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत पनि दिने भएको छ।
उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (आईएमई मोबाइल एप) मा रहेको प्रिभिलेज कार्ड देखाउनु पर्ने छ।
अभिकर्ता तथा कर्मचारीले भने कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी अस्पतालबाट छुट सुविधाको लाभ लिन सक्ने छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij