Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि सम्झौता

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि सम्झौता


  • 778
    Shares

    महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच बैंकिङ सेवा विस्तारको लागि सम्झौता

    काठमाडौं । महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी बैंकबीच सीमा-पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ । 

    समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्ने मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो । 

    यसरी भारतबाट नेपालमा भुक्तानी प्रणाली सञ्चालन गर्ने महालक्ष्मी विकास बैंक पहिलो विकास बैंक बनेको छ । दुवै बैंकले सम्पुर्ण प्रक्रियागत कार्य गरी परिक्षण कारोबार समेत गरिसकेका छन् ।

    यस अन्तर्गत महालक्ष्मी विकास बैंकको एच.डी.एफ.सी बैंकले प्रयोग गर्दै आइरहेको अत्याधुनिक क्यास म्यानेजमेन्ट सेवा अन्तर्गत सि।एम।एस चेक कलेक्सन र इलेक्ट्रोनिक क्यास म्यानेजमेन्ट सेवामा पहुँच प्राप्त हुने भएको छ ।

     जसले गर्दा कुनै पनि व्यक्ति वा संस्थाले भारतबाट विभिन्न इलेक्ट्रोनिक माध्यमहरु जस्तै नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर ,रियल टाईम ग्रस सेटलमेन्ट र फण्ड ट्रान्सफरको प्रयोग गरी भारतको एच.डी.एफ.सी बैंक मार्फत नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा सिधै रकम जम्मा गर्न सक्ने छन् ।

    साथै भारतमा रहेका अन्य बैंकहरुको चेक जम्मा गरेर समेत नेपाल पैसा पठाउन सकिनेछ । एच.डी.एफ.सी बैंकसँगको सम्झौता सँगै नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा-पार व्यापार र रेमिटयान्समा संलग्न ग्राहकहरुलाई सहज, प्रभावकारी र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

    हालै मात्र बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप “महालक्ष्मी स्मार्ट साथी” मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ग्राहकहरु रहेका छन् ।

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १०:५९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij