Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नाफासँगै उल्लेख्य बढ्यो महुली लघुवित्तको प्रतिशेयर आम्दानी

नाफासँगै उल्लेख्य बढ्यो महुली लघुवित्तको प्रतिशेयर आम्दानी


  • 1.2K
    Shares

    नाफासँगै उल्लेख्य बढ्यो महुली लघुवित्तको प्रतिशेयर आम्दानी
    images

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

    सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा  बढेको छ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २५५.८० प्रतिशत बढी रहेको छ।

    लघुवित्तको खुद ब्याज आम्दानी ४३.०२ प्रतिशत र अन्य सञ्चालन आम्दानी २.५२ प्रतिशत बढेको छ। खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

    त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३२.३३ प्रतिशत बढेको छ।  नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। 

    समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ ९८ पैसा बढेर ३० रुपैयाँ ८६ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.८६ गुणा रहेको छ।

    असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको छ।

    ३६ करोड ९९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ३१ लाख रुपैयाँ सञ्चित भएको छ। 

     

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १०:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij