२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । एनआईसी एशिया बैंक र कोरियन स्किन हस्पिटल लेट मे इनबिच सम्झौता भएको छ । बैंक ग्राहकहरुलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मे इनमा विभिन्न सेवाहरुमा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।
यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले लेट मे इनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy) मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्ने छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नु पर्ने छ । लेट मे इनसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij