२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१\८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले ९ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा संस्थाले २० लाख ७ हजार रुपैयाँ घाटा व्यहोरेको थियो। घाटामा रहेको संस्था चालु आर्थिक वर्षमा नाफामा गएको छ।
संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ। संस्थाको लाभांश क्षमता १९.७६ प्रतिशत रहेको छ। सञ्चालन मुनाफा बढेर १३ करोड ११ रुपैयाँमा भएको छ।
चुक्तापुँजी ३१ करोड ९८ लाख रुपैयाँ रहेको संस्थाको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६ करोड ३१ लाख रुपैयाँ र ११ करोड ९२ लाख रुपैयाँको उचाइमा पुगेको छ।
गत आर्थिक वर्षमा संस्थाले ३५ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। ब्याज आम्दानी ५८.५० प्रतिशतले बढेको छ।
संस्थाले ३ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
संस्थाको खराब कर्जा अनुपात बढेर ५.३३ प्रतिशतमा पुगेको छ भने अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको थियो।
प्रतिशेयर आम्दानी बढेर २८.७० रुपैयाँ कायम भएको छ भने पीई रेसियो ३५.३८ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १४८.१६ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij