Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्से ७०.६२ अंकले बढ्यो नेप्से

नेप्से ७०.६२ अंकले बढ्यो नेप्से


  • 7.5K
    Shares

    नेप्से ७०.६२ अंकले बढ्यो नेप्से

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज ९बुधबार० उछाल आएको छ । आज नेप्से ७०.६२ अंकले बढेर २ हजार दशमलब ७० विन्दुमा पुगेको छ भने ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँ बराबरको कारोबार भएको छ । 
     
    नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । 

    आज २०१ कम्पनीको एक करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी एनटीसीको ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

    नेप्सेका अनुसार आज सबैभन्दा बढी जीवन बीमा समूह ६०८ अंकले बढेको छ । त्यस्तै, उत्पादनमूलक ३०३, निर्जीवन बीमा २४४, माइक्रोफाइनान्स २३२ लगायत अन्य समूह १४० अंकले बढेको छ । ट्रेडिङ् समूह १६।६३ अंकले घटेको छ ।

     

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - १६:००:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij