Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकले माथिल्लो सार्दी खोला आयोजनामा ४६ करोड लगानी गर्ने

एनएमबि बैंकले माथिल्लो सार्दी खोला आयोजनामा ४६ करोड लगानी गर्ने


  • 1.1K
    Shares

    एनएमबि बैंकले माथिल्लो सार्दी खोला आयोजनामा ४६ करोड लगानी गर्ने

    काठमाडौं । एनएमबि बैंक लिमिटेड तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

    कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित सो आयोजनामा एनएमबि बैंकले एकल ऋण लगानी गर्ने भएको हो । 

    २.९ मेगावाट क्षमता रहेका माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको  करिब लागत ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहने छ ।

    उक्त अवसरमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेका छन् ।
     
    मन्दाकिनी हाइड्रोपावरका अध्यक्ष शरद कुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गर्नु भएकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसीमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरेका छन् । 

    त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि।स। २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भई रहेको र उक्त आयोजनामा समेत एनएमबि बैंको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिएका छन् । 

    नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।  

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 

     

     

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १४:५०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij