Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कुखुराको मासु पकाउनु अघि किन पखाल्नु हुँदैन ?

कुखुराको मासु पकाउनु अघि किन पखाल्नु हुँदैन ?


  • 1.3K
    Shares

    कुखुराको मासु पकाउनु अघि किन पखाल्नु हुँदैन ?

    काठमाडौं । यदि तपाईं सधैं कुखुराको मासु (चिकन) पकाउनु अघि पानीले पखाल्ने गर्नुहुन्छ भने यो काम हानिकारक हुने अनुसन्धानहरूले देखाएका छन् ।

    कुखुराको मासु सम्बन्धी सबैभन्दा विवादास्पद प्रश्न हो- पकाउनु अघि मासु धुनु हुन्छ कि हुँदैन ?

    खाद्य स्वास्थ्य तथा सुरक्षा विज्ञहरू यो कामलाई गलत मान्छन् । किनभने पानीले पखाल्दा यसले ब्याक्टेरिया फैलिने सम्भावना बढाउँछ र क्रम-कन्टामिनेसन (संक्रमण फैलिने) को जोखिम निम्त्याउँछ।

    काँचो कुखुराको मासुको सावधानीपूर्वक हेरचाह गर्नाले मात्र खाद्य विषाक्तताको जोखिमबाट बच्न सकिन्छ। तर त्यसअघि तपाईंको मासु बिग्रिएको छैन भन्ने सुनिश्चित गर्नुपर्छ।

    धेरै मानिस मासु धोएमा यसमा भएको ब्याक्टेरिया वा चिप्लोपन हट्ने विश्वास गर्छन्। काँचो मासुमा प्रायः क्याम्पिलोब्याक्टर वा साल्मोनेला जस्ता ब्याक्टेरिया हुन्छन् भन्ने उनीहरूको सोच सहि भए पनि, पानीले पखाल्दैमा यी ब्याक्टेरिया हट्दैनन्।

    बरु, सीडीसी (सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन) का अनुसार, धोएको पानीको छिटा बेसिन, भान्साको टेबुल र लुगा–कपडासम्म फैलिएर ब्याक्टेरिया थप फैलिन्छ।

    यूएसडीए (संयुक्त राज्य कृषि विभाग) को भनाइ अनुसार, ब्याक्टेरिया मार्ने एक मात्र भरपर्दो उपाय भनेको मासुलाई सही तापक्रममा पकाउनु हो। कुखुराको मासु पकाउँदा कम्तिमा १६५ डिग्री फरेनहाइट -७४ डिग्री सेल्सियस) सम्म तापक्रम पुग्नुपर्छ। 

    तपाईंले कति तापक्रममा मासु पकाइरहनुभएको छ भन्ने थाहा पाउन मिट थर्मोमिटर वा इन्स्ट्यान्ट-रीड थर्मोमिटर प्रयोग गर्न सक्नुहुन्छ। मासु पाकिसकेको छ कि छैन भन्ने थाहा पाउने अर्को सजिलो तरिका पनि छ ।

    हुन त यो तरिकासँग व्यावसायिक शेफहरू पनि विभाजित छन्।  कुखुराको मासु धुनुपर्छ भन्नेहरू भन्दा हुँदैन भन्ने तर्कको पक्षमा विज्ञानको समर्थन छ। मासु धुनुपर्ने मुख्य कारण परम्परागत बानी हो, नकि स्वास्थ्यजन्य आवश्यकता ।

    यदि तपाईं अझै कुखुराको मासु नधोइ पचाउन सक्नुहुन्न भने ड्रेक्सेल युनिभर्सिटीकी खाद्य सुरक्षा अनुसन्धानकर्ता जेनिफर क्विनलानको सुझाव मानेर हेर्नुस् ।  एकपटक नधोइ पकाएर हेर्नु त, साँच्चै केही फरक देखिन्छ?

    यदि मासुमा चिप्लो लागेको छ भने पेपर टावलले पोको पारेर पुछ्नुहोस्।

    तर यदि तपाईंले धोइरहनु भयो भने भान्साको सम्पर्कमा आएका सबै सतहहरू राम्ररी डिसइन्फेक्ट गर्नुहोस् र काँचो मासु छोएको वा त्यससँग सम्पर्कमा आएको कुनै पनि उपकरण वा खाद्यवस्तु छोएपछि हात राम्ररी धुनुहोस्।

    काँचो मासुको सावधानीपूर्वक तयारी र हेरचाह स्वास्थ्यको लागि अनिवार्य हुन्छ । यसबाहेक पनि मासु पकाउँदा गरिने थुप्रै गल्तीहरूमध्ये यसलाई पखाल्नु केवल एउटा हो।

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १२:१४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij