२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार कास्कीको पोखरा महानगरपालिकास्थित गगनगौँडामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगनगौँडामा २ वटा घरमा बसेको अवस्थामा फेला पारेको पुष्टि गरे।
पोखरा महानगरपालिका ३० का चन्द्र भण्डारी र सोमनाथ पौडेलको घरमा थिए। सोमबार दिउँसो साढे १ बजेतिर उनीहरु बास माग्न पुगेका थिए।
उनीहरुले आफूहरु ज्यामी काम गर्ने मान्छे भएकाले कामको खोजिमा रहेको बताएर बास मागेका थिए। भण्डारीको घरमा ४ जना र पौडेलको घरमा १२ जना बसेका थिए।
त्यसअघि भने उनीहरु होटलमा बसेको भेटिएको छ। शनिबार पोखरा पुगेका उनीहरु एक रात होटलमा बसेपछि कामको खोजिमा लागेको बताएका छन्। अब तत्कालै घर फर्किने योजना नरहेको उनीहरुले प्रहरीलाई बताएका छन्।
‘हामीलाई त्यो ठाउँमा सन्चो भएन। पटक पटक बिरामी भइरहेकाले त्यो ठाउँ छाडेर नयाँ ठाउँको खोजिमा लागेका हौँ’, सोमबार साँझ प्रहरीसँग उनीहरुले भने।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij