Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा भारी वर्षाको सम्भावना


  • 960
    Shares

    देशभर मनसुनी वायुको प्रभाव, आज यी स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।

    जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - ०६:३९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij